२०८३,जेष्ठ १७, बर्दिया,
सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका १, बर्दियाको आगामी चार वर्षे रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला गोष्ठी २०८३ जेष्ठ १६ र १७ गते ठाकुरद्वारामा सम्पन्न भएको छ।
संस्थाको दीर्घकालीन विकास, सुशासन तथा प्रविधिमैत्री सदस्य केन्द्रित सेवाको प्रभावकारी विस्तारका लागि यो कार्यशालाबाट तयार हुने रणनीतिक व्यावसायिक योजना सफल हुने पूर्ण विश्वासका साथ यो गोष्ठी समापन भएकोे छ।
संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उच्च व्यवस्थापन कार्यदल र सम्पूर्ण सेवाकेन्द्र प्रमुखहरुको उपस्थितीमा सम्पन्न गोष्ठीलाई सहजकर्ता सन्जय तिमिल्सीनाले सहजिकरण गर्नुभएको थियो।







