
Roshan Prasad Jaishi
सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वसाधारणलाई सुरक्ष्तिात, गुणस्तरीय र भरपर्दो बचत, ऋण, विमा र रेमिट्यान्स सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । जसबाट यस सिको साकोसमा आवद्ध सदस्यहरुले आफ्नो दैनिक वित्तीय, सिप, शिक्षा, स्वास्थ्य, र खाद्यान्न लगाएतका आधारभुत आवश्यकताहरु यस संस्थासंगको सहकार्य मार्फत प्रत्यक्ष्य वा अप्रत्यक्ष रुपमा पुरा सकून्। हाम्रो यस सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य उद्देश्य गरिब तथा विपन्न वर्गलाई वित्तीय, सिप, शिक्षा र स्वास्थ्य सेवा तथा उनीहरूको वित्तीय सिप र शिक्षाको क्षमता अभिवृद्धिमा अवसर प्रदान गर्नु हो । जसबाट उनीहरू आफैंमा आर्थिक, सामाजिक र शैक्षिक रूपमा आत्मनिर्भर बन्न सकून्।
वित्तीय, सिप, शिक्षा, स्वास्थ्य, र खाद्यान्न को आधारभुत पहुँचबाट टाढा रहेका व्यक्ति तथा समुदायहरुलाई वित्तीय साक्षरता र सहकारी शिक्षाको माध्यमबाट उद्यमशीलता, स्वरोजगार र सीप विकास गराउँदै, सदस्यहरुले पाएको ज्ञान, सीप, दक्षता र शिक्षालई प्रयोग गरी पुँजी परिचालन गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो। यसबाट सदस्यहरुको जीवनस्तरमा गुणात्मक सुधार आउने विश्वास लिएका छौं।
त्यसैगरी, हामीले हाम्रा सेवाकेन्द्रहरु मार्फत सदस्यहरुलाई समावेशी सहभागीता, सेवा प्रवाहमा एकरुपता, डिजिटल वित्तीय सेवा र सदस्य स्वरोजगार व्यावसाय मार्फत सहकारीलाई आधुनिकीकरण सहित व्यावस्थित गर्ने अभियानमा पनि सहभागिता जनाएका छौं। सदस्यकोको वित्तीय दिगोपन र विकासमा हामी सहकार्य गर्न सबै र सधैं तत्पर छौं। उच्च गुणस्तरको वित्तीय, सिप, शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो प्रमुख प्राथमिकता हो, र हामी नेपालकै उत्कृष्ट सहकारी संस्था बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेका छौं।