संस्थाको परिचय

नेपालमा नयाँ मूलुकको नामले चिनिने बर्दिया जिल्ला भौगोलिक दृष्टिकोणले तराईको सुगम जिल्लाको रुपमा देखिएता पनि आर्थिक र सामाजिक रुपले यहाँको समाज धेरै पछाडि परेको पाईछ । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया देखि ३० कि.मि. पश्चिम उत्तर भुरिगाउँमा केन्द्रिय कार्यालय अवस्थित यस संस्थाको हाल ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका गरी बर्दिया जिल्लाको ५ वटा पालिकाहरुमा संस्थाको कार्यक्षेत्रको रुपमा रहेको छ । अधिकांश थारु समुदायको बसोवास, यातायातको साधनको अभाव, सामाजिक संघ संस्थाहरु उपस्थिति नगन्य, सिमावर्ती क्षेत्र भएकाले भारतीय बजारको उपभोग, गाउँमा महाजनी प्रथा ब्याप्त थियो । चर्कोे ब्याज, कृषि उपजको नगन्य मुल्य हुनाले यहाँको आर्थिक अवस्था जरजर थियो । 
 
पश्चिम नेपालको सहकारी एकिकरण अभियानमा अग्रसर पाईला चाल्दै लुम्बिनी प्रदेशमै पहिलो पटक ठाकुरबाबा नगरपालिकामा कार्यक्षेत्र रहेका तत्कालीन सिर्जना, कोशेली, लक्ष्मी, बाल कुमारी र लालुपाते सहकारी संस्थाहरु बिच एकिकरण भई बनेको संस्था हो सिको बचत तथा ऋण सहकारी संस्था लि. वि.सं. २०७५ असार १ गते सिर्जना, कोशेली र लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण पश्चात २०७५ माघ ३ गते बाल कुमारी र लालुपाते सहकारी संस्था बिच एकिकरण सम्पन्न भएको हो । साथै २०७८ फागुन १८ गते मौसमी महिला बचत तथा ऋण सहकारी संस्था लि., राजापुर ६, मानपुर टपरा र डल्फिन बचत तथा ऋण सहकारी संस्था लि., राजापुर नगरपालिका वडा नं. ४, राजापुर बर्दिया बिच एकीकरण सम्पन्न भएको हो । संस्था स्थापना भएपछि हाल सम्म पाँचौं साधारण सभा सम्पन्न गरिसकेको छ । सदस्यको सार्वभौम निर्णायक अधिकारलाई सुनिश्चित गर्दै संस्थामा सुशासन कायम राख्न निरन्तर नेतृत्व प्रयत्नशिल रही आएको छ । 
        
विशेषत हाम्रो समुदाय रहेकासंयुक्त पारिवारिक संरचना अवैज्ञानिक श्रम विभाजन, चेतनाको अभाव, फजुल खर्च, चर्को व्याजको ऋण, बचत गर्ने बानीको कमी, सामाजिक असमानता (लैङ्गिक, जातिय र वर्गिय)का कारणले गर्दा गरीब र असमानताको  खाडल बढ्दै गइरहेको छ । समाजका  आर्थिक र सामाजिक रुपमा पिछडिएका महिलाहरुलाई संस्थामा आवद्ध गराइ संस्थाको सेवा मार्फत नियमित बचतमा सरिक गराई क्रमिक रूपले सहकारीताको माध्यमबाट उद्यमशिलता  मार्फत आर्थिक आत्मनिर्भरता सहित उनिहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिको महिला जीवकिोपार्जन क्लव गठन गरिएको छ । हाल संसथामा ११९ वटा महिला जीवकिोपार्जन कल्व क्रियाशिल रहेका छन् ।
 
वर्तमानमा १०९०० जना सदस्य,  ४ करोड ८४ लाख शेयरपूँजी, ५३ करोड ११ लाखको कुल सम्पति, २६ जना कर्मचारी, १ केन्द्रिय कार्यालय, ७ वटा सेवाकेन्द्र, गरी ८ ठाउँबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । सिको महिला जीविकोपार्जन कार्यक्रम सञ्चालित दिदि वहिनी क्लव , आधुनिक कम्प्युटर  प्रणालीमा आधारित लेखा प्रणाली सहित गुणस्तरी सेवा प्रदान गर्दै आएको छ ।  विभिन्न उतार चढाव, तिता तथा मिठा अनुभवहरु सहित हाल संस्थाले हासिल गरेको उपलब्धि सन्तोष जनक मान्न सकिन्छ । जिल्लास्तर हुदै राष्ट्रिय तथा एसियाली स्तरमा पनि प्रशंसित तथा पुरस्कृत हुन    सफल संस्था भएको छ । रणनीतिक व्यावसायिक योजना निर्माण गरी सुशासनको कार्यक्रममा सफलता प्राप्त भएपछी संस्थालाई एसिया स्तरको सुशासनको कार्यक्रममा सहभागी भई क्रियाशिल रुपमा अगाडि बढेको छ । हाम्रो सपना पुरा गर्न योजनामा उल्लेखित कार्यक्रमहरुको दृढ कार्यान्वयनको आवश्यकतालाई सवैले आत्मसात गर्न जरुरी छ । संस्थालाई नेपालकै नमुना साकोस बनाउदै एसियाली मापदण्ड सम्म पु¥याउने हाम्रो लक्ष्य यसै मार्गचित्रको कार्यान्वयनवाट अगाडि बढ्ने कुरामा हामि दृढ संकल्पित छौ । 
हाल यो संस्था प्रचलित सहकारी ऐन, नियमावली र नेपाल राष्ट्र बैंकको निर्देशनभित्र रही संस्थाले तयार गरेको, विनियम र विभिन्न नीतिअनुसार प्रजातान्त्रिक ढङ्गबाट सञ्चालनमा छ । 

संस्थाको अवस्था तथा कानूनी चिनारी

स्थापना २०५० असोज ९ गते स्थापना भएको सिर्जना बचत तथा ऋण सहकारी संस्थाको दर्ता नं. नै कायम रहने गरी ठाकुरबाबा नगरपालिकामा २०७५ असार १ गते एकिकरण सम्पन्न ।
जम्मा शेयर सदस्य सङ्ख्या १०९०० (आधाभन्दा बढी महिला शेयर सदस्य )
नावालक सदस्य २१५८ जना
कुल पुँजी रु ५३११९९८३२।६५ 
शेयर पुँजी रु ४८४२३८००।
कार्यक्षेत्र ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका गरी बर्दिया जिल्लाको ५ वटा पालिकाहरु