




Damodar Adhikari
समुदायको आर्थिक समुन्नति, समतामुलक विपन्न वर्गको समउत्थानको दायित्व वोधसहित भेदभाव रहित समानुपातिक व्यवहारको आदर्श भावलाई आत्मसात गर्दे स्थानिय स्तरमा छरिएर रहेको थोपा थोपा पँुजिलाई संकलन गरी स्थानिय क्षेत्रमा नै परिचालन गरी संस्थामा आवद्व प्रत्येक सदस्यहरुको आर्थिक सामाजिक सांस्कृतिक र व्यावसायिक स्तर उकास्ने अठोटका साथ ऐतिहासिक एकिकरण पछिका छ वर्ष पुरा गरी हामी सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेकाछौँ । संस्थागत रुपमा आपसी सद्भाव, अहम र आधारभुत पक्षका रुपमा अवलम्वन गर्दे समुदायमा आधारित रहेर सेवा प्रदान गर्दै संस्था सञ्चालन भै आएको छ।
सिकोको क्रियाकलापप्रति आम चासो बृद्वि हुनुले पनि संस्था एकीकरणको सकारात्मक सन्देश प्रवाह भएको महशुस भएको छ । सिको बचत तथा ऋण सहकारी संस्थाको स्थापना र यसका उत्पादित सेवाहरुलाई संस्थागत विकासका साथै यसको कार्यक्षेत्र भित्र बसोबास गर्ने समुदायको पनि उन्नति र प्रगति हुँदै गएको कुरा हामी सबैलाई अनुभुति भएकै कुरा हो । संस्थाले उत्पादन गरेको वित्तिय सेवाबाट विशेषत ग्रामिण क्षेत्रममा बसोबास गर्ने, आवशयक परेको बेला साहु महाजन कहाँ धाउन नपर्ने र चर्को व्याज तिर्नुपर्ने अवस्थालाई विस्थापित गर्न र अन्य वित्तिय क्षेत्रमा पहुँच नभएका आम सदस्यहरुलाई सरल र सहज रुपमा यो संस्थाले सेवा प्रदान गर्दै आइरहेको व्यहोरा जानकारी गराउँदै यो संस्था हाम्रो पौरख र हाम्रो गौरवको रुपमा स्थापित भएको छ भन्ने कुरा पनि स्मरण गराउन चाहन्छु । Read More……

Roshan Prasad Jaishi
सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वसाधारणलाई सुरक्ष्तिात, गुणस्तरीय र भरपर्दो बचत, ऋण, विमा र रेमिट्यान्स सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । जसबाट यस सिको साकोसमा आवद्ध सदस्यहरुले आफ्नो दैनिक वित्तीय, सिप, शिक्षा, स्वास्थ्य, र खाद्यान्न लगाएतका आधारभुत आवश्यकताहरु यस संस्थासंगको सहकार्य मार्फत प्रत्यक्ष्य वा अप्रत्यक्ष रुपमा पुरा सकून्। हाम्रो यस सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य उद्देश्य गरिब तथा विपन्न वर्गलाई वित्तीय, सिप, शिक्षा र स्वास्थ्य सेवा तथा उनीहरूको वित्तीय सिप र शिक्षाको क्षमता अभिवृद्धिमा अवसर प्रदान गर्नु हो । जसबाट उनीहरू आफैंमा आर्थिक, सामाजिक र शैक्षिक रूपमा आत्मनिर्भर बन्न सकून्।
वित्तीय, सिप, शिक्षा, स्वास्थ्य, र खाद्यान्न को आधारभुत पहुँचबाट टाढा रहेका व्यक्ति तथा समुदायहरुलाई वित्तीय साक्षरता र सहकारी शिक्षाको माध्यमबाट उद्यमशीलता, स्वरोजगार र सीप विकास गराउँदै, सदस्यहरुले पाएको ज्ञान, सीप, दक्षता र शिक्षालई प्रयोग गरी पुँजी परिचालन गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो। यसबाट सदस्यहरुको जीवनस्तरमा गुणात्मक सुधार आउने विश्वास लिएका छौं।
त्यसैगरी, हामीले हाम्रा सेवाकेन्द्रहरु मार्फत सदस्यहरुलाई समावेशी सहभागीता, सेवा प्रवाहमा एकरुपता, डिजिटल वित्तीय सेवा र सदस्य स्वरोजगार व्यावसाय मार्फत सहकारीलाई आधुनिकीकरण सहित व्यावस्थित गर्ने अभियानमा पनि सहभागिता जनाएका छौं। सदस्यकोको वित्तीय दिगोपन र विकासमा हामी सहकार्य गर्न सबै र सधैं तत्पर छौं। उच्च गुणस्तरको वित्तीय, सिप, शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो प्रमुख प्राथमिकता हो, र हामी नेपालकै उत्कृष्ट सहकारी संस्था बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेका छौं।
हाम्रा प्रमुख सेवाहरू
सिको साकोस तपाईंको आर्थिक समृद्धिको सहयात्री हो। हामीले तपाईका बचत, ऋण, बीमा, रेमिट्यान्सजस्ता सेवाहरू सहज र सुरक्षित रूपमा उपलब्ध गराएका छौँ।
नियमित बचत खाता
सिको साकोसले नियमित, बाल, पर्व, तिर्थ, कर्मचारी लगायत विभिन्न बचत योजना प्रदान गर्दछ। सदस्यहरूले सुरक्षित र भरपर्दो रूपमा नियमित आम्दानी बचत गर्न सक्ने सुविधा प्राप्त गर्छन्। बचतमा आकर्षक ब्याज दर र अनलाइन पहुँच सुविधा पनि उपलब्ध छन्।
ऋण सेवा
सदस्यहरूको आवश्यकता अनुसार व्यक्तिगत, व्यापारिक, कृषि तथा आवास ऋण सुविधा प्रदान गरिन्छ। सजिलो प्रक्रिया, न्यून ब्याज दर, र सुविधाजनक किस्तामा भुक्तानीको विकल्प उपलब्ध छन्। ऋण सेवाले आर्थिक उन्नतिमा सहयोग पुर्याउँछ।
रेमिट्यान्स सेवा
देश-विदेशबाट पैसा पठाउन र प्राप्त गर्न सहज, छिटो र सुरक्षित सेवा। सिको साकोसले विभिन्न विश्वसनीय रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी रेमिट्यान्स सेवा उपलब्ध गराएको छ। सदस्यहरूले शाखा वा सेवा केन्द्रमार्फत रकम झिक्न सक्दछन्।
स्वास्थ्य बीमा सुविधा
सिको साकोसले सदस्य र तिनका परिवारका लागि सहज प्रिमियममा स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउँछ। आकस्मिक रोग, दुर्घटना वा उपचार खर्चको बोझ कम गर्न यो योजना प्रभावकारी छ, जसले वित्तीय सुरक्षामा सहयोग पुर्याउँछ।
आर्थिक परामर्श र तालिम
सदस्यहरूको वित्तीय सशक्तिकरणका लागि सिको साकोसले नियमित रूपमा आर्थिक शिक्षा, व्यवसाय विकास तालिम, र परामर्श सेवा प्रदान गर्दछ। यसले सदस्यलाई सचेत बनाउँदै दिगो आर्थिक योजना बनाउन मद्दत गर्छ।
मोबाइल बैंकिङ र SMS सेवा
अब आफ्नो खाताको जानकारी, कारोबार स्थिति, ब्यालेन्स विवरणजस्ता सेवाहरू मोबाइलमार्फत पाउन सकिन्छ। SMS र मोबाइल बैंकिङ सेवाले कारोबारलाई छिटो, सुरक्षित र सजिलो बनाउँछ, जहाँसुकैबाट पहुँच सम्भव हुन्छ।
सुरक्षित बचत, सुनिश्चित भविष्य
सिको साकोसले तपाईंका लागि विविध बचत योजनाहरू ल्याएको छ। सानो आम्दानी सुरक्षित गर्दै भविष्यका योजना सहजै पूरा गर्न सकिन्छ।
अनिवार्य नियमित मासिक बचत खाता
आफु सदस्य भएको मिति देखि सदस्य रहँदासम्म प्रत्येक महिनामा अनिवार्य रूपमा जम्मा गर्न कवोल गरेको बचतलाई अनिवार्य नियमित मासिक बचत भनिने छ ।

सिको आकस्मिक बचत
अवधि पुराभएपछि आफ्नो आवश्यकताको आधारमा फिर्ता लिनसकिने छ साथै यस बचत लाई धितो राखि ऋण उपयोग गर्न सकिने छ । तर ऋण असुलिगर्नका लागि भने यस नियमले कुनै बाधा पर्ने छैन ।

बाल बचत
दस्यको संरक्षकत्वमा रहेका ० वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरुले ऐच्छिक रूपमा जम्मा गर्ने बचतलाई वाल बचत भनिने छ ।

पटके बचत ( ऐच्छिक बचत )
संस्थाका सदस्यहरूले आफूसँग भएको रकमलाई आफ्नो ईच्छाअनुसार राख्ने र झिक्न पाउने सुविधा भएको बचतलाई ऐच्छिक बचत भनिने छ । बचतकर्तालाई खाताको रकम झिक्नको लागी भुक्तानी पुर्जा उपलब्ध गराईनेछ ।

कारोवार बचत
संस्थाबाट संस्कार र उत्पादन मुलक ऋण उपभोग गर्ने ऋणि सदस्यहरुको स्विकृत ऋण यसै खातामा जम्मा गरिने छ ।ऋणको समय सिमा भित्र यस खातामा स्विकृत ऋण मध्ये बाकी रहेको ऋण रकम बराबर जम्मा गर्न सकिने छ ।

दैनिक बचत
दैनिक आम्दानी गर्ने सदस्यहरुको सुविधाका लागि संस्थाका सदस्यहरूले दैनिक रूपमा संस्थामा आई जम्मा गर्ने वा संस्थाका कर्मचारीहरूले दैनिक रुपमा सदस्यहरूको घर दैलोमा गई संकलन गरिने बचतलाई दैनिक बचत भनिने छ ।


सहज ऋण सुविधा
सिको साकोसले तपाईंका व्यक्तिगत, व्यापारिक, कृषि वा आवासीय आवश्यकता अनुसार सरल प्रक्रियामा ऋण सुविधा उपलब्ध गराउँछ। न्यून ब्याजदर, सहज किस्ता, र विश्वासिलो सेवा।

-
सरल र छरितो आवेदन प्रक्रिया
-
न्यून ब्याजदर र सहज किस्ता सुविधा
-
आवश्यकताअनुसार कर्जा सीमा
-
छिटो स्वीकृति र समयमै वितरण
-
ऋण बीमा सुविधा उपलब्ध
-
वित्तीय परामर्श र सहजीकरण सहयोग
-
स्थानियस्तरमै पहुँचयोग्य सेवा केन्द्रहरू
-
विभिन्न प्रकारका ऋण
सदस्यहरूको विश्वास र अनुभव
सिको साकोसप्रति सदस्यहरूको गहिरो विश्वास र सकारात्मक अनुभवले नै हाम्रो सेवा प्रतिबद्धतालाई प्रमाणित गर्छ।
सिको साकोसको ऋण सेवाले मेरो सानो व्यवसाय ठूलो बनायो। सजिलो प्रक्रिया र समयमै सहयोगका लागि धन्यवाद!

मनोज थापा
खुद्रा व्यापारी
बचत योजनाले मलाई नियमित रूपमा पैसा संकलन गर्न प्रेरित गर्यो। भविष्यप्रतिको भरोसा अब अझ बलियो भएको छ।

सरस्वती खड्का
गृहिणी
अनलाइन खाता र मोबाइल बैंकिङ सेवाले मलाई जुनसुकै बेला कारोबार गर्न सजिलो बनायो। डिजिटल सुविधा उपयोगी छ।

रमेश यादव
आईटी प्राविधिक
समाचार र सूचना
सदस्यहरूले संस्थाका हरेक गतिविधिबारे अपडेट रहनका लागि नियमित रूपमा यस पृष्ठ अवलोकन गर्नुहोस्।
स्थगित गरिएको ८ औँ वार्षिक साधारण सभा सम्बन्धी अत्यन्त जरुरी सूचना ।
कोटेशन आह्वान सम्बन्धमा ।
हकवालाको प्रमाण सहित हकदावि पेश गर्ने सम्बन्धि ३५ दिने सूचना ।

रोशन प्रसाद जैशी
गुनोसा सुनुवाइ तथा कार्यान्वयन अधिकारी
नाम: रोशन प्रसाद जैशी
पद: प्रमुख कार्यकारी अधिकृत
सम्पर्क नं.: ९७६६६६२५०१

शंकर प्रसाद गौतम
सुचना अधिकारी
नाम : शंकर प्रसाद गौतम
पद : अधिकृत छैठौं
सम्पर्क नं.: ९७६६६६२५०२