Message from Chairperson

1 Damodar-Adhikari- Chairman

Damodar Adhikari

Chairman

समुदायको आर्थिक समुन्नति, समतामुलक विपन्न वर्गको समउत्थानको दायित्व वोधसहित भेदभाव रहित समानुपातिक व्यवहारको आदर्श भावलाई आत्मसात गर्दे स्थानिय स्तरमा छरिएर रहेको थोपा थोपा पँुजिलाई संकलन गरी स्थानिय क्षेत्रमा नै परिचालन गरी संस्थामा आवद्व प्रत्येक सदस्यहरुको आर्थिक सामाजिक सांस्कृतिक र व्यावसायिक स्तर उकास्ने अठोटका साथ ऐतिहासिक एकिकरण पछिका छ वर्ष पुरा गरी हामी सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेकाछौँ । संस्थागत रुपमा आपसी सद्भाव, अहम र आधारभुत पक्षका रुपमा अवलम्वन गर्दे समुदायमा आधारित रहेर सेवा प्रदान गर्दै संस्था सञ्चालन भै आएको छ।

सिकोको क्रियाकलापप्रति आम चासो बृद्वि हुनुले पनि संस्था एकीकरणको सकारात्मक सन्देश प्रवाह भएको महशुस भएको छ । सिको बचत तथा ऋण सहकारी संस्थाको स्थापना र यसका उत्पादित सेवाहरुलाई संस्थागत विकासका साथै यसको कार्यक्षेत्र भित्र बसोबास गर्ने समुदायको पनि उन्नति र प्रगति हुँदै गएको कुरा हामी सबैलाई अनुभुति भएकै कुरा हो । संस्थाले उत्पादन गरेको वित्तिय सेवाबाट विशेषत ग्रामिण क्षेत्रममा बसोबास गर्ने, आवशयक परेको बेला साहु महाजन कहाँ धाउन नपर्ने र चर्को व्याज तिर्नुपर्ने अवस्थालाई विस्थापित गर्न र अन्य वित्तिय क्षेत्रमा पहुँच नभएका आम सदस्यहरुलाई सरल र सहज रुपमा यो संस्थाले सेवा प्रदान गर्दै आइरहेको व्यहोरा जानकारी गराउँदै यो संस्था हाम्रो पौरख र हाम्रो गौरवको रुपमा स्थापित भएको छ भन्ने कुरा पनि स्मरण गराउन चाहन्छु ।

“Talk about the good news- don’t keep looking for bad news.“ असल समाचारबारे कुरा गर्नु खराब समाचारको खोजीमा नलाग्नु” सकारात्मक धारणाबाट सकारात्मक सोच, नीति विधि र प्रविधियुक्त गुणस्तरीय सेवा सुशासित स्वार्थ रहित मनले कार्य सम्पादन गर्दा कमजोरीहरु हटाउँदै हपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ यो हाम्रो दृढ विश्वास हो । सदस्यहरुको आवश्यकता र चाहना, बजारमा विद्यमान तिव्र प्रतिष्पर्धाका विच हामीले हाम्रा कार्यक्रमहरु सफल पार्नु छ, सञ्चालक समिति त्यस तर्फ सचेत रहेको व्यहोरा समेत अवगत गराउँदछु । सञ्चालक तथा कर्मचारी कार्यकुशलता अभिबृद्वि, नविन प्रविधिको प्रयोग, सहकार्य र एकतासाथ संस्थालाई आगामी दिनमा अगाडि बढाइनेछ । यसमा सबैको सकारात्मक सोच र सहयोगको लागि आह्वान गर्दछु ।

सहकारी संस्थाको दिगोपना वित्तीय सवस्थ्यता र व्यवसायिकता निर्भर गर्दछ । यसका लागि संस्थागत सुशासनको परिपालना अपरिहार्य तत्व हो । संस्थालाई सुशासित मर्यादित तवरले विधिपूर्वक सञ्चालनका लागि संस्थाको विनियमको पुनर लेखन, आन्तरिक कार्य विधिहरु निर्माण तथा पुनर लेखन गरी यस साधारण सभामार्फत कार्यन्वयनमा लगिने छ । स्तरीकरण कार्यक्रममा सहभागितामार्फत संस्थाको उत्पादन सेवाको स्तर सेवामा गुणस्तरिया निर्णयमा लोकतान्त्रिक विधि अवलम्बन र सदस्य केन्द्रीयता यवं सहभागित मार्फत समुदाय र सदस्य केन्द्रीत संस्थाको रुपमा संस्थालाई अघि बढाउने प्रतिवद्वता व्यक्त गर्दछु ।

स्वार्थका लागि द्वन्द्व रहित समान व्यवहार र समान अवसर प्रदान गर्नु हाम्रो कार्य पद्दती हो । हामी सबै सत्य, इमानदार र लगनशील भै निष्ठापुर्वक सहकारीमार्फत समुन्नत समाज निर्माणमा जोडिने प्रण गर्दछौँ ।