बचत योजनाहरू

१) अनिवार्य नियमित मासिक बचत खाता
क) आफु सदस्य भएको मिति देखि सदस्य रहँदासम्म प्रत्येक महिनामा अनिवार्य रूपमा जम्मा गर्न कवोल गरेको बचतलाई अनिवार्य नियमित मासिक बचत भनिने छ ।
ख) अनिवार्य नियमित मासिकबचत मासिक रुपमा न्यूनतम रू.१००.। प्रत्येक महिनाको ७ गते भित्र जम्मा गर्नुपर्नेछ ।
ग) यस बचतमा व्याज अर्धवार्षिक रुपमा सम्बन्धित सदस्यको खातामा जम्मा गरिपूँजीकरण गरिने छ ।

२) क्रमिक मासिक बचत
क) संस्थाका सवै सदस्यहरुले मासिक रुपमा आफ्नो आम्दानी अनूरुप यस खातामा जम्मा गर्न सक्ने छ ।
ख) यो बचत खाता ५ , १० र १५ वर्षिय खोल्न सकिने छ । अवधि पुराभएपछि आफ्नो आवश्यकताको आधारमा फिर्ता लिनसकिने छ साथै यस बचत लाई धितो राखि ऋण उपयोग गर्न सकिने छ । तर ऋण असुलिगर्नका लागि भने यस नियमले कुनै बाधा पर्ने छैन ।

३) बाल बचत
क) सदस्यको संरक्षकत्वमा रहेका ० वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरुले ऐच्छिक रूपमा जम्मा गर्ने बचतलाई वाल बचत भनिने छ ।
ख) सुरुमा पहिलो पटक रु.१००। जम्मा गरी खाता खोल्न पर्नेछ र त्यस पछि न्यूनतम रु.५०। देखि अधिकतम जतिसुकै रकम बचत गर्न सकिने छ ।
ग) बालवालिका १६ बर्ष उमेर पार गरेपछि यो रकम स्वतः उनीहरुको स्वामित्वमा सर्ने छ शेयर सदस्य वन्न सक्नेछन् ।
घ) बाल बचतमा जम्मा भएको रकम अविभावकले झिक्न पाउने छैन । तर वाल बचतकर्ता विरामी परेमा वा राम्रो शिक्षाको अवसर पाएमा वावु आमा दुवैको सहमतिमा संचालक समितिलाइ बचत रकम र्फिता गर्न भने बाधा पर्नेछैन ।

४) पटके बचत ( ऐच्छिक बचत )
संस्थाका सदस्यहरूले आफूसँग भएको रकमलाई आफ्नो ईच्छाअनुसार राख्ने र झिक्न पाउने सुविधा भएको बचतलाई ऐच्छिक बचत भनिने छ ।
क) सदस्य बनेपश्चात सम्पूर्ण सदस्यहरुले यस्तो खाता सञ्चालन गर्नुपर्नेछ ।
ख) संस्थाले सदस्यलाई भुक्तानी दिनुपर्ने रकमहरु व्याज, यसै खाता मार्फत भुक्तानी दिनेछ
ग) यस्तो बचतमा न्यूनतम रू १००.। देखि संस्थाको क्षमता अनुरुप जतिसुकै रकम स्वीकार गर्न सकिने छ ।
घ) सदस्यहरु यस खातामा न्युनतम रु ५०० । (पाँच सय मात्र) आफ्नो खातामा जुनसुकै बेला जति पनि रकम जम्मा गर्न सक्नेछन् ।
ङ) बचतकर्तालाई खाताको रकम झिक्नको लागी भुक्तानी पुर्जा उपलब्ध गराईनेछ ।

५) कारोवार बचत
संस्थाबाट संस्कार र उत्पादन मुलक ऋण उपभोग गर्ने ऋणि सदस्यहरुको स्विकृत ऋण यसै खातामा जम्मा गरिने छ । सदस्यको ऋण बाँकी रहुन्जेल सम्म रु. १,०००। मौज्दात राखी अरु रकम उपभोग गर्न सक्ने छ । ऋणको समय सिमा भित्र यस खातामा स्विकृत ऋण मध्ये बाकी रहेको ऋण रकम बराबर जम्मा गर्न सकिने छ ।

६) दैनिक बचत
दैनिक आम्दानी गर्ने सदस्यहरुको सुविधाका लागि संस्थाका सदस्यहरूले दैनिक रूपमा संस्थामा आई जम्मा गर्ने वा संस्थाका कर्मचारीहरूले दैनिक रुपमा सदस्यहरूको घर दैलोमा गई संकलन गरिने बचतलाई दैनिक बचत भनिने छ ।
क) यस खातामा सदस्यले दैनिक रुपमा न्युनतम रु १००। भन्दा माथि जतिपनि रकम
राख्न सक्नेछन् ।
२. यो खातामा पैसा झिक्दा न्यूनतम रु. १००। मौज्दात राख्नु पर्नेछ ।
३. दैनिक बचतमा मासिक मौज्दातको आधारमा त्रैमासिक ब्याज प्रदान गरिनेछ ।
४. ब्यापार ऋण लिने सदस्यले यो खाता अनिवार्य खोल्नु पर्नेछ
५. रु.१००। जम्मा गरि खाता खोल्न सकिने छ ।

७) तिज बचत
तिज पर्बका नाममा हुने फजुल खर्चलाई न्युनीकरण गर्दै चार्डपर्बका नाममा बचत गर्ने बानीको बिकास गराउने बचत तिज बचत भनिनेछ ।
क) संस्थाका महिला शेयर सदस्यहरुले तीज बचत खाता खोल्न सक्नेछन् ।
ख) तीज बचत खातामा न्युनतम रु. ५००। जम्मा गर्नुपर्ने छ ।
ग) तीज बचत फिर्ता लिन चाहेमा आपतकालीन अवस्थामा बाहेक खाता खोलेको ५ बर्ष पछि ९० प्रतिशत रकम फिर्ता लिई बचतलाई नियमित गर्न सक्नेछन् ।
घ) यस खातामा बचत कर्ताहरुले रु.१०० मा नघटी जुन सुकै समयमा जम्मागर्न सक्नेछन्
ङ) तिजखातामा जम्मा भएको रकमको ब्याज बार्षिक रुपमा तिजपर्ब मनाउन झिक्न सकिनेछ

८) माघि बचत खाता
माघि बचत भन्नाले आफ्नो धर्म संस्कृति अनुसार मान्ने मूख्य चाड माघि पर्वका अवसरमा
संस्कृति संरक्षण र फजुल खर्च कटौती गरि मितब्ययिताको विकास गर्न का लागी संस्थाका सदस्यहरु ले यो बचत खाता खोल्न सक्नेछन् । संस्थाका सेवा क्षेत्रमा बसोवास गर्ने अधिकांस थारु समुदायका मानिस यस संस्थामा सदस्य वनि यस बचत सेवाको उपभोग गर्न पे्ररित हुन भन्नका लागि यस बचतको नाम माघी बचत राखीएकोहो ।
क) माघि बचत खाता न्युनतम रु. ५००। मा खाता खोल्न सकिने छ ।
ख) माघि बचत फिर्ता लिन चाहेमा खाता खोलेको ५ बर्ष पछि ९० प्रतिशत रकम फिर्ता लिन सक्नेछन । तर ब्याज वरावरको रकम माघि पर्व मान्न सदस्यले लिन चाहेमा संस्थाले ब्याज नगद भूक्तान गर्नेछ ।
ग) यस खातामा बचत कर्ताहरुले रु.१०० मा नघटी जुन सुकै समयमा जम्मागर्न सक्नेछन

९) आवधिक बचत
संस्थाका सदस्यहरूले निश्चित अवधि सम्मकोलागि सम्झौता गरी राखिने बचतलाई आवधिक बचत भनिने छ ।

क) सदस्यहरुले न्यनतम रु.१०,०००। बाट यो खाता खोल्न सक्नेछन् ।
ख) यो खाता ९० दिन देखि ३ बर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ ।
ग) समयावधि नसकिएसम्म यस खाताबाट रकम झिक्न पाइने छैन तर यो रकम धितो राखी ऋण लिन सकिने छ ।
घ) यस खातामा जम्मा भएको रकमको म्याद समाप्त भएपछि भूक्तानी लिन सकिनेछ भने वा थप अवधिको लागि नविकरण गर्न सकिनेछ ।
ङ) यस खातामा अर्धवार्षिक रुपमा व्याज दिइनेछ । ब्याज भूक्तानीको लागि आवधिक बचत कर्ताले अनिवार्य रुपमा पटके खाता खोल्नु पर्ने छ । आवधिक खाता जम्मा रकम को ब्याज सोही खातामा जम्मा गरिनेछ ।

१०) सिको आकस्मिक बचत खाता
संस्थाका शेयर सदस्यहरुले आफ्ना भावी जीवनमा आइ पर्न सक्ने दैवि तथा प्राकृतिक विपत जन्य घटनाका लागि सावधानी अपनाउन यो बचत खाता अनिवार्य रुपमा खोल्नु पर्ने छ
क) रु. ५००। जम्मा गरी खाता खोल्नु सकिनेछ ।
ख) यस खातामा जुनसुकै समयमा जम्मा गर्न सकिने ।
ग) यस खातामा जम्मा भएको रकम सदस्य वा निजको परिवारमा आपतकालिन अवस्था , दैवि प्रकोप वा प्राकृतिक प्रकोप जन्य घटनाले प्रभाव पारेको अवस्थामा ९० प्रतिशत रकम फिर्ता लिन पाउनेछन् ।
घ) यस बचतमा सहभागीहुने सदस्यहरुलाई दैवि प्रकोप वा प्राकृतिक प्रकोप जन्य अवस्थामा संस्थाले घटनाको प्रकृती हेरी बढीमा रु ५,०००। सम्म आर्थीक सहयोग गर्ने छ ।
५. रकम फिर्ता लिए पनि सदस्यता नत्यागुन्जेल बचत गर्दै जानुु पर्नेछ ।

११) कर्मचारी बचत
क) यस संस्थाका वा अन्य संघ संस्था कर्मचारीहरुले यस खातामा बचत जम्मा गर्न सक्ने छन
ख) खाता खोल्दा पैसा नलाग्ने ।
ग) जागिरबाट हटेपछि वा अवकाश प्राप्त अवस्थामा यो बचत फिर्ता लिन सकिने छ ।
घ) यस बचतको ब्याजदरमा २ प्रतिशत ब्याजदर थप गरि ऋण लिन सकिने छ ।
ङ) यस बचत खातामा मासिक तलबको ५ प्रतिशत बचत जम्मा गर्नु पर्ने छ ।

१२) तिर्थ बचत
क) यस संस्थाका ४५ वर्ष उमेर पार गरेका सदस्यहरुले यस खातामा बचत जम्मा गर्न सक्ने छन् ।
ख) खाता खोल्दा कुनै शुल्क नलाग्ने ।
ग) शुरुमा रु ५००। बाट खाता खोली नियमित रुपमा बचत ।
घ) यस खातामा सहभागी सदस्यहरुलाई संस्थाको नियम अनुसार तिर्थाटनमा सहभागी गराउने छ ।

१३) पर्व बचत
सदस्यहरुले कुनैपनि चाडपर्व मनाउनका लागी जम्मा गरिने बचत लाई पर्व बचत भनिन्छ ।
क) शुरुमा रु १,०००। बाट यो खाता संचालन गर्न सकिने छ ।
ख) सदस्यले चाहेको बेलामा जतीसुकै बचत पनि जम्मा गर्न सकिने छ ।
ग) कुनैपनि चाडपर्व मनाउनका लागी ५ प्रतिशत रकम खातामा मौज्दात राखी आवश्यकता अनुसार उपभोग गर्न सकिने छ ।