मितिः २०८२ वैशाख १३ गते शनिबार
सेवाक्षेत्रः सिको साकोस, कोशेली सेवाकेन्द्र
सहभागिताः शेयर सदस्यहरु तथा सिको महिला जीविकोपार्जन क्लबका सदस्यहरू
स्थानः ठाकुरबाबा नपा ६, बन्खेत
सहभागी : १०६ जना
अध्यक्षताः श्री गोपीलाल थारु, संयोजक कोशेली सेवाकेन्द्र
प्रमुख आतिथ्यताः श्री प्रकाश कुमार आचार्य, महासचिव तथा शिक्षा उपसमिति संयोजक
आतिथ्यता : कोशेली सेवाकेन्द्र व्य.उ.स. सदस्यहरू
छलफलका विषयहरु :
– २०८१ चैत्र मसान्तसम्मकाे संस्थाकाे वित्तीय अवस्था,
– बचत तथा ऋणका सेवाका प्रकारहरू, तिनको महत्व र वर्तमान ब्याजदर सम्बन्धमा,
– ऋण प्रयोग गर्नका लागि आवश्यक न्यूनतम योग्यता, आधारहरू, प्रक्रियाहरू र आवश्यक कागजातहरू सम्बन्धमा,
– ऋण स्वीकृतिका क्षेत्र/अधिकार सम्बन्धमा,
– संस्थाका अन्य विविध सेवा र संस्थाकाे सामाजिक उत्तरदायित्व सम्बन्धमा,
– संस्थाप्रति असल सदस्यको कर्तव्य र सदस्यले पालना गर्नुपर्ने कुराहरु सम्बन्धमा ।






