“सिको साकोस बर्दिया : सिक्ने अनि सिकाउने थलो”

Facebook
Twitter
LinkedIn
WhatsApp

१५ वैशाख २०८२

भुरीगाँउ, बर्दिया।

“सिको साकोस बर्दिया : सिक्ने अनि सिकाउने थलो”

जिल्ला बचत संघ नवलपुरबाट सिको साकोस बर्दियाको अवलोकन, भ्रमण तथा अनुभव साटासाट गर्न पाल्नुहुने उक्त संघका अध्यक्ष श्री बद्रिनाथ नेपाल ज्यूको नेतृत्वमा जिल्ला संघका पदाधिकारीहरु सहित अन्य विभिन्न सहकारीबाट पाल्नुभएका सञ्चालक समिति, लेखा सु. स. सदस्यहरु, अन्य विभिन्न उपसमितीका सदस्यहरू तथा व्यवस्थापनका कर्मचारीहरुप्रती सिको साकोस परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछ।

अवलोकन, भ्रमणका लागि सिको साकोस बर्दियालाई छनौट गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर यस्तै सद्भाव, सहयाेग, आपसी सम्बन्ध सहितका अनुभव साटासाट गर्ने अन्तर्क्रिया कार्यक्रम भइरहोस भन्ने अपेक्षा गर्दछौं।

सिको साकोस परिवार, बर्दिया