२० चैत्र २०८२
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथामिकता” भन्ने मूल नारा सहित यस संस्थाको सिर्जना सेवाकेन्द्र, बर्गदामा संस्थाका उपाध्यक्ष श्री गगन सिंह भण्डारीज्यूको अध्यक्षता र महासचिव तथा शिक्षा उपसमिति संयोजक श्री प्रकाश कुमार आचार्य ज्यूको विषेश उपस्थिति साथै ६२ जना शेयर सदस्यहरुको सहभागितामा सहकारी दिवसको शुभकामना आदानप्रदान सहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो ।




