“पूर्व नेतृत्व विकास तालिम” बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ।

नियामकिय मापदण्डको परिपालना साथै संस्थाको वार्षिक कार्यक्रम अनुसार यस संस्थाको आगामी नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको लागि “पूर्व नेतृत्व विकास तालिम” बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ।

जेष्ट सदस्य तिर्थाटन कार्याक्रम सम्पन्न ।

यस संस्थाको वार्षिक कार्यक्रम अनुसार ज्येष्ठ सदस्यहरुको १ दिने तीर्थाटन कार्यक्रम अन्तर्गत २०८३ वैशाख २६ गते शनिवारका दिन कर्णाली प्रदेशको सुर्खेतमा रहेका प्रसिद्ध देउती बज्यै मन्दिर दर्शन तथा काँक्रेविहार अवलोकन कार्य सम्पन्न भएको छ।

“सिको साकोस बर्दिया : सिक्ने अनि सिकाउने थलो”

२५ चैत्र, २०८२भुरीगाँउ, बर्दिया।जोगीमारा सामाजिक स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. धादिङ्गबाट सिको साकोस बर्दियाको अवलोकन, भ्रमण तथा अनुभव साटासाट गर्न पाल्नुहुने उक्त संस्थाका सञ्चालक समिति, लेखा सु. स. सदस्यहरु, अन्य विभिन्न उपसमितीका सदस्यहरू तथा व्यवस्थापनका कर्मचारीहरुप्रती सिको साकोस परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछ।अवलोकन, भ्रमणका लागि सिको साकोस बर्दियालाई छनौट गर्नुभएकोमा हार्दिक आभार प्रकट […]

संस्थाका श्रद्धेय उपाध्यक्ष श्री गगनसिंह भण्डारी ज्यूलाई “६९औं राष्ट्रिय सहकारी दिवसको” अवसर पारी ठाकुरबाबा नगरपालिकाको सम्मान

२० चैत्र २०८२,सैनवार बर्दिया।विगत लामो समयदेखि स्थानीय स्तरमा रहि सहकारी अभियानको क्षेत्रमा अतुलनीय योगदान दिइरहनुभएका यस संस्थाका श्रद्धेय उपाध्यक्ष श्री गगनसिंह भण्डारी ज्यूलाई ६९औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी ठाकुरबाबा नगरपालिका बर्दियाले गरेकाे सम्मान प्रति यस संस्थाकाे तर्फबाट उपाध्यक्ष ज्यूलाई हार्दिक बधाई सँगै ठाकुरबाबा नगरपालिका बर्दियाप्रति कृतज्ञता प्रकट गर्दछौँ।सिको साकोस, परिवार

६९औं राष्ट्रिय सहकारी दिवस”कालीगौडी सेवाकेन्द्र, कालीगौडी”

२० चैत्र २०८२,६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथामिकता” भन्ने मूल नारा सहित यस संस्थाको कालीगौडी सेवाकेन्द्र, कालीगौडीमा उपस्थित ज्येष्ठ सदस्य श्री डम्मर बहादुर थापाज्यूको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष श्री उदय बहादुर खत्री ज्यूको विषेश उपस्थिति साथै १०६ जना शेयर सदस्यहरुको सहभागितामा सहकारी दिवसको शुभकामना आदानप्रदान सहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न […]